काठमाडौं । देशका धेरै ठाउँमा गएरातिदेखि नै लगातार झरी परिरहेको छ । देशको बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि परिरहेको झरी रोकिएको छैन । भोलिदेखि भने क्रमिक रुपमा मौसम खुल्दै जाने मौसमविद्को अनुमान छ । यसपालि मनसुनको अन्तिमतिर बाहिरिने समयमा मनसुन फेरि सक्रिय बनेपछी झरी परेको हो । यसपालि एक हप्ता ढिलो गरी मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद्को भनाइ छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??