spot_img
spot_img
spot_img

नाइजेरियामा डुङ्गा दुर्घटना : ४० जनाभन्दा धेरै बेपत्ता, १० जनाको उद्धार

spot_img

एजेन्सी । नाइजेरियाको उत्तरी राज्य केबीमा यात्रुसवार डुङ्गा पल्टिँदा ४० जनाभन्दा धेरै बेपत्ता भएका छन् । डुङ्गामा कम्तीमा ५० जना यात्रु रहेका थिए । अहिलेसम्म १० जनाको उद्धार भएको र अरु हराइरहेकाहरुको खोजी भइरहेको स्थानीय प्रशासनले जनाएको छ । उत्तर–मध्य राज्य नाइजर र केब्बीलाई जोड्ने नदी पार गर्दै गर्दा मुसलधारे वर्षाका कारण डुङ्गा पल्टिएको अनुमान छ ।

नाइजर राज्यको आपतकालीन व्यवस्थापन निकायका प्रमुख सालिहु गरबाले स्थानीय गोताखोरलाई बेपत्ताको खोजी तथा उद्धारका लागि परिचालन गरिएको जानकारी दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । पश्चिम अफ्रिकी देशहरुमा अत्यधिक भार र खराब मौसम कारण डुङ्गा दुर्घटनाका घटना हुँदै आएका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img