काठमाडौं । गायिका दिलमाया खातीको निधन भएको छ। मंगलबार राति भारतको दार्जिलिङमा ८४ वर्षको उमेरमा उनको निधन भएको हो । नेपाली सुगमसंगीतकी चर्चित एवं वरिष्ठ गायिका खाती लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित हुनुहन्थ्यो । उहाँले सन् १९७२ मा ‘बिछोडको पीडा नसकी खप्न दसैंको बेलामा’ भन्ने गीत स्वरसम्राट नारायण गोपालसँग कलकत्ता पुगेर रेकर्ड गर्नुभएको थियो । त्यसैगरी उहाँले ‘सम्झेर बुझेर दिइहाल त्यो जोवन,’ ‘खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती’ लगायतका गितमा स्वर दिनुभएको छ ।
दार्जिलिङमा उहाँले नेपाली भाषाका एक सयभन्दा बढी गीतमा आवाज दिनुभएको छ । उहाँ सन् १९६२ मा पहिलो पटक काठमाडौं आउनु भएको थियो ।