कपिलवस्तु । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार रहिरहे मुलुक थप बर्बादीतर्फ जाने भएकाले तत्काल नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने बताएका छन् ।
बुधबार कपिलवस्तुको तौलिहवामा आयोजित नेपाली कांग्रेस कपिलवस्तुको प्रथम जिल्ला सम्मेलनमा बोल्दै उनले नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको वर्तमान सरकार रहिरहे सबै क्षेत्रमा राष्ट्र कमजोर हुने बताउँदै तत्काल मुलुकलाई थप संकटबाट जोगाउन कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य रहेको बताएका हुन् ।
वर्तमान सरकारको ध्यान रोजगारी सिर्जना गर्नुभन्दा भ्रष्टाचारमा केन्द्रित रहेको आरोपसमेत उनले लगाए। कोइरालाले देशका आर्थिक, राजनीतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको बताए ।
चर्को महँगीले जनताको चुलो नबल्ने अवस्थामा पुगेको बताउँदै कोइरालाले जनतालाई सहुलियत दिनुपर्ने चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुहरुको भाउ बढ्नु राम्रो संकेत नभएको बताए ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??