देवदह । रुपन्देहीको देवदहमा निशुल्क बाथरोग स्क्रिनिङ शिविर सम्पन्न भएको छ। केरवानी स्वास्थ्य चौकिको आयोजना, नेशनल बाथरोग सेन्टर तथा ग्लोरियस हेल्थ केयर प्रा.लि को सहयोग, लियो क्लव अफ बुटवल मणिमुकुन्द युथ, लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथ र लायन्स क्लव अफ देवदह प्रोफेसनल युथको सहकार्यमा उक्त निशुल्क बाथरोग स्क्रिनिङ शिविर सम्पन्न भएको छ।
केरवानी स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर राकसकोटीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कार्यक्रम संयोजक तथा केरवानी स्वास्थ्य चौकी प्रमुख एवं लियो क्लव अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष काशीराम रेग्मी र नेशनल बाथरोग सेन्टर बुटवल का अभिनास पल्लि मगरले बाथरोगका बारेमा अभिमुखीकरण गराउनु भएको थियो । उक्त कार्यक्रममा देवदह नगरपालिका कार्यपालिका सदस्य तथा वडा सदस्य गिता भन्डारी, लायन्स क्लव अफ देवदह प्रोफेसनल युथका अध्यक्ष लायन कमल पौडेल लगायतले आफ्ना भनाइ राख्नुभएको थियो।
शिविरमा १५२ जना सेवाग्राहीको युरिक एसिड, आर.ए. फ्याक्टर, सि.आर.पि., ई.एस.आर., ब्लड सुगर लगायतका जाँचहरु निशुल्क गर्नुका साथसाथै उपस्थित सेवाग्राहीलाई बाथरोग सम्बन्धि जानकारीहरू सहितको सचेतना गरिएको छ आयोजकले जनाएको छ। कार्यक्रममा वडा नंवर २ का जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, सेवाग्राही, लियो तथा लायन्स क्लवका सदस्यहरु, नेशनल बाथरोग सेन्टर र ग्लोरियस हेल्थ केयर प्रा.लि का प्राविधिकहरु लगायतकोको उपस्थिति रहेको थियो।