बाँके । बाँकेको नेपालगन्जमा फेरि कर्फ्यु लागेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा फेरि कर्फ्यु आदेश जारी गरेको हो। गत मंगलबारबाट लगाइएको कर्फ्यु बिहजो बिहिबार आंशिक रुपमा खुकुलो बनाइएको थियो । तर सामाजिक सञ्जालमा मुस्लिम समुदायमाथि लक्षित गरेर लेखिएको स्टाटसप्रति पुन बिवाद भएपछि स्थानीय प्रशाशनले कर्फ्यु आदेश जारी गरेको हो ।
गत आइतबारयता नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो। हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक पनि गरेको थियो । शुक्रबार बिहान ६ बजेबाट बेलुका ८ बजेसम्म आदेश जारी गरेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??




