spot_img
spot_img
spot_img

युक्रेनको खार्किभमा श्रद्धाञ्जली सभामा रुसी आक्रमण, ५१ जनाको ज्यान गयो

spot_img

एजेन्सी । युक्रेनको खार्किभ दक्षिणपूर्वी एउटा गाउँमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा ५१ जना नागरिकको ज्यान गएको छ । ह्रोजा गाउँका उनीहरु एक जना आफन्तको श्रद्धाञ्जली सभामा सहभागी रहेका बेला आक्रमण भएको बीबीसीले जनाएको छ ।

आक्रमणमा एक आठ वर्षीय बालकसहित कम्तीमा ५१ जनाको ज्यान गएको युक्रेनले जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणमा मारिएका व्यक्तिप्रति सम्मान व्यक्त गर्दै शवमाथि घुँडा टेकेर खिचिएको तस्बिर सार्वजनिक गर्नुभएको छ ।

गृहमन्त्री इगोर क्लाइमेन्कोले राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै एक जना मृतकको सम्झनामा गाउँलेहरु श्रद्धाञ्जली सभामा रहेको र त्यहाँ आक्रमण भएको बताउनुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img