काठमाडौं । लगातार ३ दिन सम्म परेको झरी बिहिबार रोकिएपनी आज फेरि मुलुकका ४ प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी गराएका छन ।
भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको असर नेपालमा अझै रहेको छ। यही प्रणालीका कारण मनसुन बाहिरिन ढिलाइ भइरहेको र केही ठाउँमा अझै हल्कादेखि मध्यम पानी पर्ने सम्भावना देखिएको हो ।
तत्काल ठूलो वर्षाको सम्भावना नरहे पनि देशका धेरै ठाउँको मौसम अहिले आंशिदेखि सामान्य बदली रहेकाे मौसमविद्को भनाई छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??