spot_img
spot_img
spot_img

आज – २१ आश्विन २०८० आइतवार को राशिफल

spot_img

मेष :

कार्य सम्पादनका लागि झन्झटिलो यात्रा हुन सक्छ। बिबादमा पर्ने तथा अनावश्यक आरोप लाग्ने भएकाले मौन बस्दा उचित हुनेछ।बिध्यार्थीका लागि दिन बलियो छ भने नयाँ कुरा सिक्न मद्दत पुग्नेछ।

बृष:

आयमा वृद्धि हुनका साथै केही बिशेष लाभ मिल्नेछ।पुराना साथीहरु संग मिलन हुनेछ। नयाँ कामको लागि राम्रो समय रहेको छ।प्रेमीहरु बिच केही बिबाद हुनसक्ने छ।

मिथुन:

सरकारी काम तथा निकायको यात्रा हुन सक्ने छ। पुराना आफन्त संग भेटाघाट हुनेछ। समय केही खर्चिलो बन्न सक्छ भने ऋणसमेत लाग्न सक्नेछ।

कर्कट :

मन फुरुङ्ग रहनेछ भने प्रेमीहरुका लागि मिलनको वा खुसीको समय रहेको छ। नयाँ काम थालनीगर्नु अगाडी पुर्वबाट सुरु गर्दा राम्रो रहनेछ।

सिंह :

आकस्मिक स्वास्थ्य समस्या आउन सक्नेछ भने पुराना कुरा वा निर्णयले घाटा गराउने छ। बिदेश यात्राका खबर सुन्न मिल्नेछ तथा अरुका लागि समय बित्न सक्नेछ।

कन्या:

बहुआयामी समय रहेको छ। फसेको धन हातपार्न प्रयास गरे केही शुभ संकेत मिल्नेछ। काम लम्बिने छ भने बिध्यार्थीका लागि समय अनुकूल नरहन सक्छ।

तुला:

अर्काको बिषयमा वकालत गर्नु पर्ने वा बोल्नु पर्ने हुनसक्छ।कसैको सम्बन्ध बिग्रेको खबरले दुखी तुल्याउने छ।आखाको समस्या देखिन सक्नेछ भने स्वस्थ्य समस्या रहन सक्छ।

बृश्चिक :

समय मंगलदायक रहेको छैन तर मनमा अनेक कुरा खेल्ने छ। आफ्नो कुनै गोप्य कुरा कसैले थाहा पाउन सक्ने तथा केही झुट्टा आरोप सुन्नु पर्ने सम्म हुनसक्छ।

धनु:

टाढाका ब्यक्तीहरु संग काम बिशेष भेटघाट हुन सक्छ।नयाँकाम मिल्नेछ भने धार्मिक कार्यमा सारिक हुने अवसर मिल्नेछ।सेवामा समय बित्ने छ।

मकर:

काममा ढिला हुनाले रिस बढन सक्छ। आफन्तबाट सोचे जस्तो सहयोग नमिल्नाले मन खिन्न हुन सक्छ।काम गर्दा वा केही विशेष काम गर्दा कसैलाई नभनी गर्दा फाईदा हुनेछ।

कुम्भ:

समय प्रभाबकारी छ।पदस्त ब्यक्तीहरु संग भेटघाटमा दिन बित्न सक्छ।पुराना सरकारी कामहरु पूरा हुनेछन भने केही यात्राको तयारी हुनसक्नेछ।समाग्री कतै बिर्सिने वा हराउने भने हुनसक्छ यसमा बिशेष ध्यान पुराउनु पर्नेछ।

मीन :

आर्थिक कार्यको लागि समय राम्रो छैन।कारोबारमा बिशेष ध्यान दिनु पर्ने देखिन्छ।समाग्री बिग्रीने भएकाले बिशेष खरिदारी नगर्नु बुद्धिमानी हुनेछ।बिदेशमा रहेकाहरुबाट लाभ हुन सक्नेछ।

नोट: राशीफल भनेको राशिहरुको भाव अस्वस्था तथा तिनमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।

  • ज्योतिष आत्मागुरु

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
1
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img