रुपन्देही । समानता फाउन्डेशनका फेलोहरूले यो वर्ष पनि “एक थप फेलो” को लागि अभियान सुरु गरेका छन। गत वर्ष पनि फेलोहरुले आफ्नो सीप र ज्ञानको उपयोग गर्दै कर्णाली प्रदेशका एक विद्यार्थीलाई उच्च शिक्षाको लागि फेलोशिप दिन कला तथा शिल्प प्रदर्शनी गरेका थिए।
समानता फेलोहरूले उनीहरूकै परिकल्पना र नेतृत्वमा सिर्जनात्मक सीप र ज्ञान प्रयोग गरी सामाजिक संजाल पोस्टहरु मार्फत उक्त अभियान को प्रारम्भ गरेका छन।फेलोहरुले यो अभियान बाट विभिन्न कार्यक्रम हरु गरि सहयोग रकम उठाउने योजना बनाएको छन। जसबाट संकलन गरिएको रकमले सन् २०२४ मा एक जना वा त्योभन्दा बढीलाई फेलोलाई फेलोशिप दिने लक्ष्य राखेका छन्।
गत वर्ष पनि फेलोहरुले आफ्नो कला र शिल्पको प्रयोग गरि विभिन्न कार्यक्रम र कला तथा शिल्पको प्रदर्शनी गरेर परियोजना सफल पारेका थिए। यो वर्ष पनि विभिन्न कार्यक्रम गरि उक्त परियोजना सफल पार्ने समानता फाउन्डेसनको एक फेलोले जानकारी दिए।
यो अभियानको मुख्य उद्देश्य “एक थप फेलो“ हो र यो पूर्ण रूपमा समानताका फेलोले संचालन गर्ने समानताको फेलोहरुको भनाइ छ। सन् २०१७ मा फेलोहरुले तराईका बाढी पीडितहरूको लागि पनि कला र शिल्पको प्रदर्शनी आयोजना गरेर ५१ हजार जम्मा गर्न सक्षम भएका थिए।
गैरनाफामुखी संस्था समानता फाउन्डेशनले उच्च शिक्षा र परोपकार क्षेत्रमा काम गर्दै आएकाे छ । सामुदायीक विद्यालयबाट एसईई उतिर्ण क्षमतावान र कमजोर आर्थिक पृष्ठभूमिका विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै समानता र सशक्तिकरणलाई प्रवर्द्धन गर्ने उद्देश्य लिई स्थापना गरिएको फाउन्डेशनले विगत १२ वर्षदेखि १०५ जना विद्यार्थीहरुलाई उच्च शिक्षा र उनीहरुको चौतर्फी विकासको लागि फेलोशिप प्रदान गर्दै आइरहेको छ। समानता संस्थाको बृहत फेलोशिपले ट्यूशन शुल्क, आवास, यातायात, ल्याब र परीक्षा शुल्क, आदिको लागि खर्चहरू कभर गर्दछ।
उच्च शिक्षामा सफलता केवल कक्षाकोठामा निर्भर हुँदैन भन्ने कुरालाई मान्यता दिँदै फेलोशिपले फेलोहरुको को शैक्षिक अनुभवलाई समृद्ध बनाउन अतिरिक्त क्रियाकलापहरु, कार्यशाला, तालिम, अंग्रेजी तथा कम्प्युटर सीप र नेटवर्किङ अवसरहरू प्रदान संस्थाकाे तर्फबाट पुस्कर भारतीले जानकारी दिनुभयाे ।