spot_img
spot_img
spot_img

इजरायल–प्यालेस्टिन युद्धमा दुवैतर्फ गरी ९ सय ७० जनाभन्दा धेरैको ज्यान गयो

spot_img

काठमाडौं । इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या छ सय जनाभन्दा धेरै पुगेको छ । हमासले हिजो शनिवारदेखि शुरु गरेको आक्रमणमा इजरायलमा छ सय जनाभन्दा धेरैको ज्यान गएको इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यस्तै एक सय जना विद्रोहीको अपहरणमा परेका र दुई हजार जनाभन्दा धेरै घाइते भएका इजरायलको सरकारले जनाएको छ ।

इजरायली सेनाले पनि जवाफी कारबाहीमा तीन सय ७० जना प्यालेस्टिनीको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गाजामा दुई हजार दुई सय जनाभन्दा धेरै घाइते भएका छन् ।

हिजो बिहान हमास विद्रोहीले इजरायलमा एक्कासी आक्रमण गरेपछि शुरु भएको युद्ध अहिले पनि चलिरहेको छ । दुवै पक्षबाट क्षेप्यास्त्र प्रहारसहित स्थलमार्गबाट गोलावारी भइरहेको बीबीसीले जनाएको छ।

यसैबीच इजरायली सेनाले गाजाको सीमा नजिकका शहरहरूमा बस्ने सबै बासिन्दालाई आउँदो २४ घण्टाभित्र अन्यत्र सार्ने बताएको छ । प्यालेस्टिनी लडाकु समूह हमास रहेको क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्र पार्ने क्रममा सीमा नजिकका क्षेत्रहरू खाली गर्न लागेको सेनाले जनाएको छ । यस्तै हिजबुल्लाह समूहले तीन वटा इजरायली चौकीमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले लेबनानमा पनि आक्रमण शुरु गरेको छ ।

इजरायल–प्यालेस्टिन युद्धलाई लिएर आज आइतवार संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्दै छ । अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायललाई सबै खाले माध्यमबाट सहयोग गर्ने प्रस्ताव गर्नुभएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासका सबै सैन्य तथा सरकारी क्षमतालाई नष्ट गर्ने चेतावनी दिनुभएको छ । उहाँले गाजाका बासिन्दालाई आफ्नो घर छोडेर शरण लिन भन्नुभएको बीबीसीले जनाएको छ । इजरायलले गाजा क्षेत्रमा विद्युत्, इन्धन र सामानको आपूर्ति बन्द गरेको छ ।

एजेन्सी । 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img