spot_img
spot_img
spot_img

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २००० पुग्यो

spot_img

काठमाण्डौ । अफगानिस्तानमा आएको भीषण भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ । समाचार एजेन्सी एपीका अनुसार तालिबानका प्रवक्ताले पश्चिमी अफगानिस्तानमा मृत्यु हुनेको सङ्ख्या दुई हजार पुगेको जानकारी दिएका छन् । अधिकारीका अनुसार यो भूकम्पका कारण ९ हजारभन्दा बढी घाइते भएका छन् ।  भूकम्पका कारण ४६५ भन्दा बढी घर ध्वस्त भएका छन् भने १३५ वटामा क्षति पुगेको छ ।

संयुक्त राष्ट्रका अनुसार भग्नावशेषमा धेरै मानिस दबिएका हुन सक्छन्  । स्थानीय प्रशासनले उद्धार कार्य र राहत अभियान जारी रहँदा मृतकको सङ्ख्या थप बढ्न सक्ने आशङ्का गरेका छन् । भूकम्पको तीव्रता ६.३ थियो । भूकम्पले इरानको सीमा नजिकै हेरात सहरका भवनमा क्षति पुगेको छ ।

एजेन्सी ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img