काठमाडौं । इजरायलमा मारिएका १० जना नेपालीको सम्झनामा सुदूरपश्चिम विश्वविद्यालयले आज आफ्ना सम्पूर्ण निकायहरुमा शोकसभा गरी शोक बिदा दिएको छ । सुदूरपश्चिम विश्वविद्यालय, कृषि विज्ञान सङ्कायबाट इजरायल पुगेका ४९ जना विद्यार्थीमध्ये हमास समूहको आक्रमणमा १० जना विद्यार्थीले ज्यान गुमाएका थिए।
साथै सुदूरपश्चिम प्रदेश सरकारले पनि दुइ /दुइ लाख रूपैयाँ राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले हिजो एक विज्ञप्ति निकालेर इजरायलमा भएको आक्रमणमा ज्यान गुमाएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीको परिवारलाई राहत स्वरूप २/२ लाख रूपैयाँ उपलब्ध गराउने जानकारी दिनुभएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??