काठमाडौं । विद्युतीय चुराेट (भेप) मार्फत सुन तस्करी प्रकरणमा पक्राउ परेका राहुल महरालाई काठमाण्डाै जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको छ ।
आज न्यायाधीश दण्डपाणि शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुललाई थुनामा राख्न आदेश दिएको हो। उनिसङ्गै मुद्दा चलाइएका लोकेन्द्र पौडेललाई भने पाँच लाख रुपैयाँ धरौटी माग गरिएको जिल्ला अदालतले जनाएको छ । २०७९ पुस १० गते दुबईबाट भेपमा लुकाएर चिनियाँ तस्करले ल्याएको सुन प्रकरणमा राहुल पक्राउ परेका थिए ।
सीआईबीले भेप प्रकरणमा एक जनालाई फरार सूचीमा राखेको छ । भेप प्रकरणमा प्रतिवादी बनाइएकाहरू विरुद्ध आठ करोड ५५ लाख २८ हजार रुपैयाँ बिगो कायम गर्न पनि सीआईबीले सुझाएको छ ।