काठमाडौं । बुद्धनगर सामुदायिक वन उपभोक्ता समुह देवदह–९, को २१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
समुहका अध्यक्ष चेतमान श्रेष्ठको अध्यक्षता र देवदह नगरपालिका–९, का वडाअध्यक्ष मोहनबहादुर जिसीको विषेश आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
साधारण सभाको अवसरमा बोल्दै वडाअध्यक्ष जिसीले सामुदायिक वनले अगाडि सारेको योजना सफल बनाउन वडा कार्यालय सहकार्य गर्न तयार रहदै सामुदायिक वनले वनको संरक्षण, सम्वद्र्धन संगै सामाजिक विकासका कामहरु गर्नुपर्नेमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । सामुदायिक वनले आम उपभोक्ताहरुको आयश्रोत बढाउने गरी योजना अगाडि सार्न आवश्यक रहेको औल्याउनु भयो । सामुदायिक वनमा संकलन भएको रकम उत्पादनमुलक क्षेत्रमा लगानी गरी आम उपभोक्ताहरुलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पुर्व संचालक समिती र सल्लाहकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बार्षिक प्रतिवेदन तथा आगामी योजनाको वारेमा अध्यक्ष श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष श्रेष्ठले वन विकास तर्फ १४ लाख ७५ हजार, संस्थागत तथा प्रशासनीक तर्फ ६ लाख ७४ हजार, सामुदायिक विकास तर्फ ३ लाख ३६ हजार, गरिवी न्यूनिकरण तर्फ ५ लाख रुपैया आर्थिक बर्ष २०८०÷०८१ को लागि योजा प्रस्तुत गर्नु भएको थियो ।
समुहका सहसचिव मिना पराजुलीले करिव ३५ लाख बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको मार्यक्रममा समुहका उपाध्यक्ष खेमबहादुर चौहानको स्वागत र सचिव गंगा खरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।