बुटवल । दारी ग्याङ रुपन्देहीले दोस्रो जिल्ला अधिवेशन सम्पन्न गरेकाे छ । पुर्व केन्दिय अध्यक्ष प्रदिप गैरे (बर्ररिक)काे अध्यक्षतामा सम्पन्न अधिवेसनले दाेस्राे कार्यकालका लागि पुनः भरत पाैडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेकाे छ ।
आश्विन २७ गते शनिबारका दिन शंकरनगर बनबिहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) तिलोत्तमा, रुपन्देहीमा सम्पन्न भएको दारी ग्याङ रुपन्देहीको दोस्रो अधिवेशनले अध्यक्षमा भरत पौडेल, उपाध्यक्षमा सौगात पाठक, सचिवमा बिकास श्रेष्ठ, सह-सचिवमा बिष्णु पाण्डे, कोषाध्यक्षमा सन्जय चालिसे लगायतका पदाधिकारी चयन गरेकाे छ ।
त्यस्तै सदस्यहरुमा लेलिन भुर्तेल, जीवन विश्वकर्मा, बिमल पन्थी, रमेश खनाल, राजन क्षेत्री, सौरब प्रसाद ढकाल, सागर थापा सर्वसम्मत चयन भएका छन।सात वर्ष अघिदेखि फेसबुक ग्रुपकाे रुपमा युवाहरु माझ लाेकप्रिय रहेकाे दारी ग्याङले गालामा दारी काधमा जिम्मेवारी भन्ने मुल नारा नै बोकेर निरन्तर रूपमा विभिन्न सामाजिक काम गर्दै आएकाे छ।
देशभरका ४९ जिल्ला र देश बाहिर समेत दारी ग्याङका समूहहरु सक्रिय छन् । अन्य जिल्ला भन्दा दारी ग्याङ रूपन्देही सामाजिक कार्यमा बढी सक्रिय रहेकाे छ । दारी ग्याङकाे फेसबुक ग्रुपमा १ लाख भन्दा बढी युवाहरु जाेडिएका छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??