spot_img
spot_img
spot_img

आज विश्व हात धुने दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

spot_img

बुटवल । आज १५ अक्टोबर अर्थात विश्व हात धुने दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी हाज यो दिवस मनाइँदैछ। आम जनमानसमा व्यक्तिगत सरसफाई तथा स्वच्छतासम्बन्धी चेतना फैलाउन हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
विश्वभरि नै हात सफा नभएका कारणले नै बिभिन्न रोग अनि संक्रमणहरुका कारण लाखौंको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङकले देखाएको छ । अहिले पनि प्रतिवर्ष विश्वभरि करिब १ करोड ८० लाख बालबालिकाको मृत्यु गराउने एक मुख्य कारण झाडापखाला मानिएको छ । सन् २००८ अक्टोबर १५ तारिखदेखि नेपालमा यो दिवस मनाउन शुरु गरिएको हो।

राम्ररी हात धुने, सफा पानीको प्रयोग अनि साबुन पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भएर झाडापखाला लाग्दैन । शुरु शुरुमा नेपालमा माटोले हात धुने या खरानी पानीले हात धुने चलन रहेको थियो । तर माटो या खरानी पानीले भन्दा साबुन पानीको प्रभावकारीता धेरै रहेको चिकित्सकहरु बताउँछन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img