spot_img
spot_img
spot_img

इटालीलाई हराउँदै इंग्ल्याण्ड युरो २०२४ मा छनोट

spot_img

ईटाली । एक गोलले पछि परेको स्थिति उल्टाउँदै इटालीलाई हराएर इंग्ल्याण्ड आगामी वर्ष जर्मनीमा हुने युरोपियन च्याम्पियनसिपका लागि छनोट भएको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्ड ३–१ गोलले विजयी बनेको हो  ।

खेलको १५ औँ मिनेटमा वेस्ट ह्यामका स्ट्राइकर जियानलुका स्कामाकाले इटालीलाई अग्रता दिलाएका थिए । तर खेलको ३२ औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफको ५७ औँ मिनेटमा जुड बेलिङह्यामको पासमा गोल गर्दै मार्कस रासफोर्डले इंग्ल्याण्डलाई पहिलोपटक अग्रता दिलाए । ७७ औँ मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

पछिल्ला ६ युरोपियन च्याम्पियनसिपको छनोटमा केनले ७ गोल गर्नुका साथै दुईवटा गोलको अवसर सिर्जना गरेका छन् । इंग्ल्याण्डले आफ्नो घरेलु मैदानमा इटालीलाई हराएको सन् १९७७ को नोभेम्बरपछि पहिलोपटक हो । गत मार्चमा इंग्ल्याण्डले इटालीलाई उसैको घरेलु मैदानमा पराजित गरेको थियो ।

पराजयसँग समूह सीमा इटाली तेस्रो स्थानमा खस्किएको छ । अब दोस्रो स्थानमा रहेको युकेनविरुद्धको खेल उसको लागि निर्णायक बन्नेछ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img