पाल्पा // प्रेस चौतारी नेपाल पाल्पाले बडादशैं, दिपावली, छठ २०८० तथा नेपाल सम्बत् ११४४ को अवसरमा शुभकामना आदान प्रदान सङ्गै चौतारी बुलेटिन विमोचन कार्यक्रम सम्म्पन्न गरेको छ। प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य ठाकुर गैरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले वर्तमान अवस्थामा सरकार निरीह रहेको र श्रमजीवी बर्ग महङ्गिले छट्पटाइरहेको बेला सञ्चारकर्मीले महङ्गीको खबरदारि गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले व्यवसायिक सुदृढिकरणसँगै संगठन बलियो बनाउने अभियानमा लाग्न प्रेस चौतारीका सदस्यहरुको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रमा प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्य, प्रदेशसभा सदस्य खेम बहादुर सारु, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, उपप्रमुख काशिका गैरे, रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारी, पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा, बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरी प्रसाद पाठक, प्रवक्ता टिका बहादुर थापा, प्रेस चौतारी लुम्बिनी प्रदेश ईन्चार्ज कमलराज तिमिल्सेना, जिल्ला ईन्चार्ज अमृता अनमोल लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा प्रेस चौतारीको वर्तमान अवस्था, एमाले नेतृत्व संग प्रेस चौतारी कार्यक्रमको समीक्षा र भावि कार्यदिशाबारे छलफल गरिएको थियो। कार्यक्रम प्रेस चौतारी नेपाल पाल्पाका सचिव नारायण न्यौपानेको सञ्चालन सम्पन्न भएको थियो।