spot_img
spot_img
spot_img

कार्त्तिक २ गते बिहीवारको राशिफल

spot_img

मेष  :  समय  सोचे  अनुरुपको देखिदैन् ।  विद्यार्थी वर्गका लागि अध्ययनमा रुची घट्दै जाने हुँदा   परीक्षामा सोचे जस्तो नतिजा  नआउँन सक्ला  । व्यापारमा घाटा हुदा मन चिन्तित रहनेछ । स्वास्थ्य समस्या बढ्न सक्छ बिशेष सवधानी  अपनाउँनु होला ।

वृष : नयाँ घरमा प्रवेश गर्ने अवसर प्राप्त होला । पारिवारिक भेटघाट गर्ने रमाईलो अवसरमिल्नेछ । बोलिको प्रभाव बढ्दै जाने  हुदा  रोकिएको  कामहरु पनि बन्ने  समय  रहेको छ  ।

मिथुन : अध्ययनको क्षेत्रमा सफलता मिल्न सक्छ । थालनी गरेको  काममा सफलता मिल्दै जानेछ । नयाँ व्यवसायको सुरुआत गर्न  समय  राम्रो  रहेको छ  ।नसोचेको  धन हात पर्न सक्छ । 

कर्कट :   प्रिय मान्छेसँगको दुरी घट्दै जानेछ । मनोरञ्जन गरेर दिन  बित्न सक्छ । बौद्धिक क्षेत्रसँग सम्बन्धित  काम गर्दा बढि  सफलता   मिल्ने । महत्वपूर्ण  निर्णय  गर्नका लागि  आजको दिन  शुभ देखिन्छ । 

सिंह : आफन्तहरुसँग भैझगडा हुनसक्छ । हतारमा गरिने निर्णयले गलत  प्रतिफल  आउँन सक्छ  अरुको सल्लाह   लिएर अगाडी  बढ्दा फाईदा  मिल्नेछ ।  आजको दिनमा  थालनी गरेको काम  सफल  हुनलाई ढिला  हुनसक्छ  बढि मेहनतका साथ  अगाडी बढ्नु होला । 

कन्या : विदेशमा  रहनु  भएको  आफन्तजनबाट  विशेष  सहयोग मिल्ने समय  रहेको  छ   । पराक्रममा  वृद्धि हुँदा  शारीरिक  परिश्रमबाट हुने  काममा  फाईदा मिल्नेछ । यात्रा गर्नका  लागि  दिन शुभ  देखिन्छ । 

तुला : कार्यस्थलमा प्रशंशा मिल्नेछ । स्वास्थ्यमा सुधार आउँने हुदा  शरिरमा फूर्ति  बढ्दै जानेछ । पारिवारका राम्रो वातावरण  हुँदा मनप्रशन्न रहने छ।

वृश्चिक : सकारात्मक  सोचको विकास हुँदा  दिन शुभ बित्नेछ ।  आम्दानीको नयाँ अवसर मिल्दै जानेछ । रोकिएको धन हात पर्न सक्छ । मित्र मिलनको अवसर प्राप्त हुनेछ ।

धनु : दाम्पत्य सम्बन्धमा समस्या आउँन सक्छ,  बोलिमा  विशेष सावधानी अपनाउँनु  होला । धन खर्च बढ्ने योग छ । वैदेशिक काममा झमेला आउँन सक्छ  मान्यजनको सल्लाह  लिदा  उपयुक्त  होला ।

मकर  : हराएको धन  हात पर्ने समय छ ।  नसोचेको ठाँउबाट धन   तथा उपहार  आउँन सक्छ । साथीभाईको साथले  गर्दा  लाभ  हुनेछ ।  स्वास्थ्यमा  सुधार आउँने छ ।

कुम्भ : पितासँगको सम्बन्धमा  सुधार आउँने छ । सामाजिक   तथा परोपकारको कार्यमा सहभागी  हुने  मौका मिल्नेछ ।  कार्य क्षेत्रमा  जिम्मेवारी बढ्दै जानेछ ।

मीन  : प्रतिभाको कारणले  गर्दा मानसम्मान  मिल्ने छ । धार्मिक काममा रुची बढदै जानेछ । रमाईलो यात्राको अवसर मिल्नेछ । पारिवारिक  सम्बन्धमा सुधार होला ।

नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img