spot_img
spot_img
spot_img

नेटफ्लिक्सले बढायो शुल्क

spot_img

एजेन्सी । स्ट्रिमिङ कम्पनी नेटफ्लिक्सले  बढाएको छ । बुधबारदेखि लागू हुने गरी अमेरिका, बेलायत र फ्रान्समा शुल्क बढाएको हो । यो वर्षको तेस्रो त्रैमासमा नेटफ्लिक्समा ९० लाख सब्सक्राइबर आबद्ध भएका थिए । यो वाल स्ट्रिटका विश्लेषकहरूले गरेको प्रक्षेपण भन्दा निकै धेरै हो ।

चालु त्रैमासमा पनि सोही संख्यामा सब्सक्राइबर थपिने आशा कम्पनीले गरेको छ । यसले हलिउडमा हडताल जारी रहेपनि नेटफ्लिक्सलाई नछोएको देखाएको छ । नेटफ्लिक्सले आफ्ना कयौँ शो र फिल्म विदेशमा बनाउने गरेको छ । नेटफ्लिक्सले अमेरिकामा प्रिमियम एडरहित योजनाको शुल्क ३ डलरले बढाएर २२ डलर ९९ सेन्टमा पुर्‍याएको छ । प्रिमियम शुल्क बेलायत र फ्रान्समा पनि २ पाउन्ड र २ युरो बढाएर क्रमशः १७ पाउन्ड ९९ सेन्ट र १९ पाउन्ड ९९ सेन्ट पुर्‍याइएको छ । यो खबर सार्वजनिक भएपछि बुधवारको कारोबारमा कम्पनीको शेयर मूल्य १३ प्रतिशतले बढेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img