गुल्मी । गुल्मीमा डोजरको ठक्करबाट वृद्धको ज्यान गएको छ । लु १ क ५०२४ नम्बरको डोजरले पैदल यात्री गुल्मीको रेसुङ्गा नगरपालिका १४ का ९२ वर्षीय कृष्ण बहादुर सुनारलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
रेसुङ्गा नगरपालिका १४ अन्तर्गत टारनेटा‐टापु जोड्ने मोटरबाटो मर्मत गर्ने क्रममा डोजरको ठक्करबाट सुनारको घटना स्थलमै ज्यान गएको प्रहरीको भनाई छ । प्रहरीले डोजर चालक पाल्पा माथागगडी गाउँपालिका ७ का कृष्ण बहादुर लामिछानेलाई नियन्त्रणमा लिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??