spot_img
spot_img
spot_img

भारतको केन्द्रीय राजधानी दिल्लीमा वायु प्रदूषण बढ्यो

spot_img

एजेन्सी ।

भारतको राजधानी दिल्लीको वायु गुणस्तर कमजोर स्तरमा पुगेको छ । सरकारी तथ्यांक अनुसार आज त्यहाँको पीएम २ दशमलव ५ को स्तर ३०६ पुगेको छ । पीएम २ दशमलव ५ भनेको फोक्सोलाई ढाकेर धेरै थरी रोग उत्पन्न गराउने धुलोका कणहरूको मात्रा हो । यसको मात्रा १०१ देखि २०० सम्म हुनुलाई मध्यम र २०१ देखि ३०० सम्म हुनुलाई कमजोर मानिन्छ । तीन सयभन्दा माथि जानुलाई अत्यन्त कमजोर मानिन्छ ।

भारतको मौसम विभागका एक वैज्ञानिक भीके सोनीले दिल्लीको वायुको गुणस्तर आउँदा केही दिन अझै खराव अवस्थामा पुग्ने बताउनुभएको बीबीसीले जनाएको छ । वर्षभरी नै दिल्ली संसारका सबैभन्दा प्रदूषित सहरहरूमध्ये रहने गर्दछ । तर कृषि बालीको अवशेष बाल्ने प्रवृत्ति, हावाको कम गति र चाडपर्वमा पड्काइने पटका लगायतका कारणबाट यहाँको हावा जाडोयाममा अझ विषालु बन्ने गर्दछ ।

बालीनाली थन्क्याएर खेतबारीमै बाँकी रहेको अवशेष बाल्ने प्रवृत्ति पनि प्रदूषणको एक प्रमुख कारण हो । बाली लगाउने आगामी चक्रका लागि खेतबारी खाली गर्न पन्जाब, हरियाणा र उत्तर प्रदेशको पश्चिमी क्षेत्रका किसानहरूले बालीको अवशेष जलाउने गरेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img