काठमाडौं ।
प्याजको भाउ नेपालमा पनि ह्वात्तै बढेको छ । भारतमा मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा पनि परेको हो । यो महिनाको शुरुवाती दिनमा किलोको ५० देखि ६० रुपैयाँ थोक मूल्य रहेको प्याजको भाउ आज ११५ देखि १२० रुपैयाँ थोक मूल्य पुगेको छ ।
पछिल्लो दुई हप्तामा भारतमा प्याजको मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेको छ । भारतले आन्तरिक बजारमा बढ्दो प्याजको मूल्यलाई नियन्त्रणमा राख्नका लागि प्याजमा ४० प्रतिशत निर्यात कर समेत लगाएको छ। यो नियम आउँदो डिसेम्बर ३१ तारिखसम्म लागू हुनेछ ।
नेपालले प्याजका लागि भारतसँग निर्भर हुनुपर्ने अवस्था छ । भाउ बढेपछि भारतबाट अहिले नेपाली बजारमा खासै प्याज भित्रिएको छैन । प्याजको आयात कम भएसँगै कृत्रिम अभाव समेत हुन थालेको छ ।