बुटवल ।
नेपालगन्जमा इलेक्ट्रीसियन पेसाकर्मीहरुको लागि सिप अभिवृद्धि तालिम अन्तर्गत थ्री फेज वायरीङ्ग सम्बन्धी तालिम सम्पन्न भएको छ ।
रुपन्देही उद्योग संघ, दिगो र सम्मानित रोजगारका लागि सीप परियोजना (इन्स्योर)को आर्थिक सहयोगमा नेपालगञ्ज क्षेत्रका उद्योगहरुमा कार्यरत इलेक्ट्रीसियन पेसाकर्मीहरुको लागि सिप अभिवृद्धि तालिम अन्तर्गत थ्री फेज वायरीङ्ग सम्बन्धी तालिम सम्पन्न भएको हो ।
कार्तिक १३ गते नेपालगञ्ज १० कोरियनपुल स्थित पब्लिक टेक्नीकल कलेजको तालिम हलमा एक कार्यक्रमकाबीच समापन तथा प्रशिक्षार्थीहरुलाई तालिम सम्पन्नताको प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको हो ।
बिभिन्न उद्योग प्रतिष्ठानका २० जना कार्यरत इलेक्ट्रीसीयन कार्यरत प्राविधिकहरुको ज्ञान र सीप अभिवृद्धि गरी थप परिस्कृत बनाउने तालिमको उद्देश्यले संचालित तालिमको समापन रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीज्यूवाट सम्पन्न भएको थियो ।