जाजरकोट ।
जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परि जाजरकोटमा मात्रै ९२ जनाको ज्यान गएको पुष्टि भएको छ। भूकम्पबाट भएको अरु क्षतिको बारेमा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ। भूकम्पबाट धेरै घर भत्किएको अनुमान छ। भुकम्पपछि पनि बारम्बार पराकम्पहरु गैइरहेकोले चर्किएका घरमा नबस्न आग्रह गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलकाे भूकम्प गएको हो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का काठमाण्डौसहित देशका धेरै ठाउँमा महसुस भएको थियो।
रातिको समय भएकाले यकिन विवरण सङ्कलनमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।