जाजरकोट ।
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या १ सय ३२ पुगेको छ । जाजरकोटमा ९५ जना र रुकुमपश्चिममा ३७ गरी १ सय ३२ जनाले ज्यान गुमाएको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
भूकम्पमा परेर अहिलेसम्म एक सय ४० जना घाइते भएका छन् । जाजरकोटमा ५५ र रुकुमपश्चिममा ८५ जना घाइते भएका हुन् । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण सयौँ घर भत्किएका छन् । घाइते भएका र बेपत्ता हुनेको उद्धार तथा खोजीको काम भइरहेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??