काठमाडौं ।
इजरायलले हमासको आक्रमणमा परी सम्पर्कविहीन बनेका नेपाली विद्यार्थी बिपीन जोशी अझै फेला परेका छैनन । ईजरायलले जोशिको खोजी कार्यमा कुनै कसर बाँकी नराख्ने जनाएको छ ।
इजरायलका लागि नेपाली राजदुत कान्ता रिजालसंगको औपचारिक भेटघाटका क्रममा इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले बिपीन जोशीको खोजीमा इजरायल सरकार लागि परेको जानकारी दिनुभएको हो । भेटका अवसरमा हमासको आतंकारी हर्कतका कारण युद्धमा जानु परेको उल्लेख गदै राष्ट्रपति हर्जोगले आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीप्रति श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।
हमासले इजरायलमाथि गत अक्टोबरमा गरेको आक्रमणमा परेर १० नेपालीको मृत्यु हुँदा कञ्चनपुरका बिपीन जोशी बेपत्ता भएका थिए ।