देवदह ।
रुपन्देहीको देवदहमा बालबालिका तथा किसोरीहरुको लागि ३ दिने जीवन उपयोगी सिप सम्बन्धी तालिम सम्पन्न भएको छ। सोइया महिला स्वावलम्बी संस्था देवदह रुपन्देहीको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं १ का वडा अध्यक्ष दिपक प्रसाद नेपालले स्थानीय तहले गर्नु पर्ने कार्य सोईया महिला स्वावलम्वी संस्थाले गर्दै आएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो र आगामी दिनमा पनि वडा नं १ मा कार्यक्रम गर्दा आफु सधै सहकार्य गर्न तयार रहेको बताउनुभयो।
बाल क्लबका तथा किशोरी समुहका पदाधिकारी तथा सदस्यहरुलाई जीवन उपयोगी सीपहरुबारे क्षमता अभिबृद्धि गर्ने उदेश्यले तालिम सञ्चालन गरिएको परियोजना संयोजक रोजी गुरुङले बताउनुभयो। तालिममा भविश्य निर्माण मा.वि, सरस्वती मा.वि., खड्ग मा.वि., प्रगति मा.वि.मा गठित बाल क्लबका पदाधीकारी र केराबारी किसोरी समूहका प्रतिनिधीहरु गरी ३० जना बालबालिकाको सहभागिता रहेको थियोे।
तालिमको उमाशंकर आर्चायले सहजीकरण गर्नु भएको थियो। तालिममा जीवन उपयोगी सिप सम्बन्धि १० वटा सीपहरु आत्मजागरण, अनुभुती, प्रभावकारी संचार, अन्तरव्यक्ति सम्बन्ध, समालोचनात्मक सोचाई, सिर्जनात्मक सोचाई, संवेगलाई नियन्त्रण गर्ने क्षमता, तनावपूर्ण स्थितीको सामना गर्ने क्षमता, निर्णय गर्ने क्षमता र समस्या समाधान गर्ने क्षमताबारे बालबालिकालाई तालिममा जानकारी गराईएको थियो।
कार्यक्रम संस्थाको अध्यक्ष केशमाया थापाको अध्यक्षता, संस्थाको व्यवस्थापक मेनुका न्यौपानेको धन्यवाद ज्ञापन र सामाजिक परिचलक एलिना हमालको सञ्चालनमा सम्पन्न भएको थियो।