spot_img
spot_img
spot_img

गुल्मीमा कृषकलाई कृषि मेशिनरी औजार उपकरण मर्मत सम्बन्धि तालिम

spot_img

गुल्मी ।

मिनि टेलर मेसिन (हलो) लगायत कृषि मेशिनरी औजार उपकरण बिग्रिएर हैरानी खेप्दै आएका गुल्मी जिल्लाका कृषकलाई तालिम प्रदान गरिएको छ। कृषिको आधुनिकरणका लागि विभिन्न समयमा कृषकलाई प्रदान गरिएका मिनि टेलर (हलो) लगायतका सामाग्रीहरु सामान्य ज्ञान पनि नहुँदा कृषकलाई समस्या हुँदै आएको छ।

गुल्मी जिल्लाका १२ वटा स्थानीय तहका २५ जना अगुवा कृषकलाई मिनि टेलर मेसिन (हलो) लगायत कृषि मेशिनरी औजार उपकरण मर्मत सम्बन्धी तालिम प्रदान गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ गुल्मीले ३ दिनसम्म कृषकहरुलाई कृषि मेशिनरी औजार उपकरण मर्मत तालिम प्रदान गरेको हो।
सरकारी निकायबाट विभिन्न समयमा कृषकलाई आवश्यक पर्ने सामाग्रीहरु प्रदान गरे पनि सामान्य मर्मत नहुँदा कतिपय कृषकले ती सामाग्री यत्तिकै फाल्ने गरेको पनि पाइन्छ। कतिपय कृषकहरुले गाउँगाउँमा बिग्रीएर मर्मतको लागि जिल्ला सदरमुकाम तम्घास ल्याउनुपर्ने अवस्था रहेको थियो। यहिँ समस्यालाई समाधान गर्न जिल्लाका कृषकलाई मर्मत सम्बन्धी तालिम प्रदान गरिएको हो।

तालिमबाट सिप सिकेपछि अब गाउँमा गएर मर्मत गर्नसक्ने भएको कृषकहरुको भनाइ छ। अगुवा कृषकहरु छनोट गरेर गाउँका पनि कृषि मेशिनरी औजार उपकरणहरु गाउँमै मर्मत गर्न सक्ने गरि तालिम प्रदान गरिएको हो। दक्ष प्राबिधिकको अभाबमा कृषकले आफु सँग भएको मिनि टेलर हलो लगायतका कृषि मेशिनरी औजार उपकरण मर्मतका लागि सदरमुकाम सम्म बोक्न पर्ने समस्या अन्त्यका लागि तालिम राखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ गुल्मीका प्रमुख गंगा कुमारी पोखरेलले बताइन।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img