एजेन्सी ।
यमनको हुथी विद्रोही समुहले अमेरिकी ड्रोन एयरक्राफ्ट खसालेर ध्वस्त बनाएको छ । अमेरिकी अधिकारीका अनुसार रिमोटबाट सञ्चालित एमक्यू नाईन ड्रोन यमनको तटमा हुथी विद्रोही समुहले ध्वस्त बनाएको हो ।
गत अक्टोबर ७ देखि इजरायल र हमासबीच द्धन्द सुरु भएसंगै हुथी समुहले मध्यपूर्वमा आफ्नो सेनामाथि आक्रमण तीब्र बनाएको अमेरिकाले दाबी गरेको छ । सन् २०१५ देखि यमनको साउदी समर्थक सरकार र हुथी विद्रोहीबीच संघर्ष चलिरहेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??




