spot_img
spot_img
spot_img

जाजरकोट भूकम्प : ६२ हजारभन्दा बढी परिवार घरबासविहीन

spot_img

एजेन्सी ।

गएको शुक्रवार राति जाजरकोट केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण ६२ हजार १२ परिवार घरबासविहीन भएको तथ्यांक सार्वजनिक भएको छ ।  पछिल्लो विवरणअनुसार १३ वटा जिल्लामा गरी २६ हजार पाँच सय ५७ घर पूर्णरूपमा र ३५ हजार चार सय ५५ घर आंशिकरूपमा भत्किएका गृह मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । सबैभन्दा धेरै रुकुम पश्चिममा १६ हजार पाँच सय ७० घर पूर्ण र नौ हजार नाै सय ६१ घर आंशिकरूपमा भत्किएका छन् ।

यस्तै जाजरकोटमा नौ हजार सात सय ९४ घर पूर्ण र २४ हजार सात सय सात घर आंशिकरूपमा भत्किएका छन्। सल्यानमा एक सय ५१ घर पूर्ण र पाँच सय १२ घर आंशिकरूपमा भत्किएका छन् । यसैगरी रुकुम पूर्व, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्युठान र अछाममा पनि घर भत्किएका छन् ।

भूकम्पका कारण जाजरकोटमा एक सय एक जना र रुकुम पश्चिममा ५३ जना गरी एक सय ५४ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । भूकम्पका कारण तीन सय ६३ जना घाइते भएका छन भने घाइतेहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img