spot_img
spot_img
spot_img

भारतको उत्तरकाशीमा सुरुङ भत्किँदा फसेका मजदुरको उद्धारमा ढिलाइ

spot_img

एजेन्सी ।

भारतको उत्तराखण्ड उत्तरकाशी जिल्लामा निर्माणाधीन सडकको सुरुङ भत्किएपछि फसेका मजदुरको उद्धारमा ढिलाइ भएको छ ।

अस्ति आइतवार सुरुङभित्र फसेका ४० जना जीवित मजदुरलाई बाहिर निकाल्न एक सयभन्दा धेरै उद्धारकर्मीले आज मङ्गलवार पनि बिहानैदेखि काम गरिरहेका छन् । उनीहरूलाई बाहिर निकाल्न अर्को सुरुङ निर्माणको काम भइरहेको सरकारी अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अर्काे सुरुङ बनाउनका लागि अहिले भग्नावशेष पन्छाउने काम भइरहेको छ ।

सुरुङमा फसेका मजदुरसँग सम्पर्क स्थापित गरेको र आवश्यक अक्सिजन तथा खानाको आपूर्ति सम्भव भएको उत्तरकाशी जिल्लाका शीर्ष सरकारी अधिकारी अभिषेक रुहेलाले बताउनुभएको छ ।

उत्तरकाशी र यमुनोत्री मन्दिरलाई जोड्नका लागि सिल्क्यारा र डन्डालगाउँ सहरबीचको साढे चार किलोमिटर लामाे सुरुङ निर्माण भइरहेको थियो । यो सुरुङ प्रधानमन्त्री नरेन्द्र मोदीको सडक परियोजनाको एक हिस्सा हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img