spot_img
spot_img
spot_img

भुकम्पमा परि घाईते भएका ४८ जना निको भएर घर फर्किए

spot_img

काठमाडौं ।

जाजरकोट भूकम्पमा घाइते भइ नेपालगञ्जमा रहेकाे भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ जना  निको भएर घर फर्किएका छन् । घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामी भेरी अस्पतालमा उपचाररत छन ।

भूकम्पमा परि घाइते भइ भेरीमा उपचार गर्न ल्याईएका ५८ जनामध्ये यसअघि ४८ जना बिरामी उपचारपश्चात् निको भएर घर फर्किएका हुन भने तीन जनालाई काठमाण्डाै रेफर गरिएको थियो भने एकजनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएकाे थियाे ।

यही कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टरस्केलकाे भूकम्प गएको थियो ।

याे भूकम्पमा परि एक सय ५४ जनाको ज्यान गएकाे छ भने तीन सय ४६ घाइते भएका छन्। भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img