काठमाडौं ।
जनकपुरधाममा छठको तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामको विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगमा विशेषरूपमा श्रृङ्गार्न थालिएको छ ।
कतिपय पोखरीका घाटमा सरसफाई पनि गरिएको छ । तराईमा छठको छुट्टै महत्त्व रहेको डा. राजेन्द्र बिमलले बताउनुभयो । प्रत्येक वर्ष छठ मनाउनेहरू वृद्धि भइरहेकाले यस पर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड देखिन थालेको छ ।
अहिले गाउँगाउँ घरघरमा छठ पर्वका गीत गुन्जिने गरेको पाइन्छ । छठको पहिलो दिन बर्तालु नहायखाय गरी छठ पर्व आरम्भ गर्दछन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??