काठमाडौं ।
निश्चल बस्नेत द्धारा निर्देशित नेपाली चलचित्र दिमाग खराबको प्रर्दशन रोकिने भएको छ । सिनेमा आर्ट प्रा.लि.बाट बजारमा आएको चलचित्र दिमाग खराबलाई दर्शको राम्रो साथ रहदा रहदै हिन्दी चलचित्रलाइ स्थान दिदै नेपाली चलचित्रको शो कम गराएर नेपाली चलचित्रलाई अन्याय गरेको विज्ञप्तीमा उल्लेख छ । यही कात्तिक २४ गतेदेखि चलचित्र प्रदर्शनीमा आएको थियो।
निर्माता रौनक विक्रम कंडेल र निर्देशक निश्चल वस्नेत द्धारा हस्ताक्षरित विज्ञप्तीमा विदेशी चलचित्रलाइ जसरी समान शो उपलब्ध नगराएको र विगतमा पनि यस्तो अन्यायपुर्ण व्यवहार भएकोले समान व्यवहार नभएसम्म प्रर्दशन रोक्ने विज्ञप्तीमा भनिएको छ ।
”कात्तिक २४ देखि नेपाली चलचित्र दिमाग खराव संसारभर चलिरहेको छ । दर्शकहरुको अथाह माया र सद्भाव अनि चलचित्र दिमाग खरावप्रतिको चासोका कारण दिन प्रतिदिन चलचित्र हेर्न दर्शकहरु बढीरहनुभएको छ । हामीलाई त्यो कुराले अझै जिम्वेवार बनाएको छ । र, आगामी दिनमा हामीले अझै राम्रो चलचित्र बनाउने कोसिस गर्नेछौं । तर, विगतदेखि हामी नेपाली चलचित्र निर्माताले चलचित्र प्रदर्शकहरुबाट संधै अन्यायपूर्ण व्यवहार खेप्दै आएका छौं । विदेशी चलचित्रलाई विना तर्क प्रशस्तै शोहरु दिने र दर्शकको अत्याधिक चासो भएको र दर्शकहरुले हेर्न खोजेका नेपाली चलचित्रलाई पनि आवश्यक शो नदिने प्रचलन पुरानै हो। पहिलो र दोस्रो हप्ता निर्माता र हल संचालकमा हुने शेयर बॉडफॉड ५०५ /५०५ प्रतिशत हुन्छ । तर तेस्रो हप्तादेखि निर्मातालाई ३५% र प्रदर्शकलाई ६५% शेयर बाँडीने कुरा पनि हामीले जाहेर गर्दछौं । र, यो अन्यायपूर्ण व्यवहार निरन्तर जारी रहेको हुनाले हामीले प्रतिवाद गर्ने निर्णय गरेका छौं । हाम्रो निर्णयले सम्मानित दर्शकहरुमा पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थि छौं । हामीले चाहेको समान व्यवहार हो र जबसम्म विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबर शो प्रदान गरिदैन र फिल्म प्रदर्शन भइरहुन्जेल बराबरी शेयर बाडफाड हुँदैन तबसम्मको लागि नेपालमा चलचित्र प्रदशन रोक्ने निर्णय गरेका छौं । समान व्यवहार भए सिनेमा हलमै प्रदर्शन गर्नेछौ नभए अरु कुनै माध्यमबाट हाम्रो सिनेमा दिमाग खराब दर्शकहरुलाई देखाउने छौं भन्ने प्रतिवद्धता पनि व्यक्त गर्दछौं।” विज्ञप्तीमा भनिएको छ ।