spot_img
spot_img
spot_img

५ महिनापछि चन्द्रयान–३ रकेटको हिस्सा अमेरिका नजिक खस्यो

spot_img

भारतले चन्द्रामा पठाएको रकेट चन्द्रयान–३ लाई धर्तीबाट ३६ हजार किमी टाढा पठाउने हिस्सा पृथ्वीमै फर्किएको छ । गएको राति उक्त हिस्सा अमेरिका नजिक उत्तरी प्रशान्त महासागरमा झरेको भारतको अन्तरिक्ष अन्वेषण एजेन्सी इस्रोले पुष्टि गरेको हो । यो एलभीएम–३ एम४ रकेटको क्र्योजेनिक अपर स्टेज थियो ।

यसले सन् २०२३ को जुलाई १४ मा चन्द्रयानलाई धर्तीमाथि १३३ किमी बाई ३५ हजार ८२३ किमिको अर्बिटमा पुर्‍याएको थियो । त्यति बेलादेखि नै यो आकाशमा चारैतर्फ चक्कर लगाउँदै विस्तारै विस्तारै पृथ्वीको नजिक आइरहेको थियो । नोभेम्बर १५ को राति पौने तीन बजे आसपास यो हिस्सा अमेरिकाको तटबाट टाढा प्रशान्त महासागरको उत्तरमा खस्यो ।
नर्थ अमेरिकन एयरोस्पेस डिफेन्स कमान्ड (नोराड)ले अन्तरिक्षबाट आइरहेको सो वस्तु चन्द्रयान रकेटको हिस्सा भएको पुष्टि गरेको थियो । धर्तीको तल्लो कक्षबाट कुनै पनि वस्तु पृथ्वीको सतहमा खस्न झन्डै १२४ दिन लाग्छ । एलभीएम–३ एम४ रकेटको सो हिस्सा पनि लगभग उति नै दिनमा खसेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img