spot_img
spot_img
spot_img

खुर्पाहरू (कविता)

spot_img

लामा पनि हुन्छन्

छोटा पनि हुन्छन्

दुब्ला पनि हुन्छन्

मोटा पनि हुन्छन्

आकारमा जस्ता भए पनि

महङ्गा वा सस्ता भए पनि

आखिर खुर्पा खुर्पा नै हुन्

समाजका खुर्पाहरू

होचा भए पनि

अग्ला भए पनि

अपाङ्ग भए पनि

सग्ला भए पनि

आखिर यिनको

गुण धर्म एउटै हुन्छ

आखिर यिनको

आजीवन कर्म एउटै हुन्

विच्छेद गर्नु

शरीरको

नीतिनियमको

खुर्पाहरू

सिस्नोको तिखो काँडाझैँ धारिला हुन्छन्

धार भएकोमा घमण्ड गर्छन्

शैतानले झैँ उद्दण्ड रच्छन्

गाउँ गाउँमा चर्नु चर्छन्

बस्ती बस्तीमा सन्त्रास छर्छन्

काला कर्तुतमा गर्व गर्छन्

खुर्पाहरू

पातीजस्तै तीतो मन भएकाहरू

मनमा काउछाको वन भएकाहरू

बोलीले सिस्नोले झैँ पोल्नेहरू

समाजलाई जथाभावी गिजोल्नेहरू

समाजलाई जरैदेखि बिथोल्नेहरू

रातजस्तै कालो विचारका धनी

जति छन् यो सगरमनि

खुर्पाहरू

डा. श्यामप्रसाद न्यौपाने।

सुनवल१२ नवलपरासी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img