देवदह । देवदह प्रेस क्लबले आयोजना गरेको प्रथम देवदह मिडिया कपको तयारी पुरा भएको आयोजकले जनाएको छ । बिहिबार देवदहमा पत्रकारसंग कुरा गर्दै क्लबका अध्यक्ष विष्णु पोखरेलले प्रतियोगिताको तयारी पुरा भएको बताए ।
लुम्बिनी प्रदेशको हालसम्मकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता आयोजना गरेको देवदह प्रेस क्लबले १२ टीम प्रतियोगीता सहभागि हुने जनाएको छ ।
बिहिबार खेलको टाई शीट सार्वजनिक गर्दै क्लबले खेल तालिका समेत सार्वजनिक गरेको छ ।
देवदह नगरपालिका संरक्षक रहेको प्रतियोगिताको प्रवर्धक लुम्बिनी प्रदेश खेलकुद परिषद रहेको जनाईएको छ । प्रतियोगितामा संचारमाध्यम तथा पत्रकार सम्बद्ध संघसंस्थाहरू सहभागी रहेका छन ।