spot_img
spot_img
spot_img

जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन दुबईमा सुरु, १६० बढी मुलुक सहभागी

spot_img

काठमाडौं ।

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८) बिहीबारदेखि दुबईमा सुरु भएको छ । यही मंसिर २६ गतेसम्म चल्ने सम्मेलन मानव इतिहासमा सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड गरिएको र जलवायु सङ्कटको प्रभावले विश्वभरि मानव जीवन र जीविकोपार्जनमा अभूतपूर्व विनाश ल्याएको समयमा हुँदैछ ।

कोप–२८ को अध्यक्षता युएईले गरेको छ । सम्मेलनका लागि एक सय ६० भन्दा बढी मुलुकका नेता दुबईमा सहभागी हुने बताईएको छ ।

नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल सम्मेलनमा सहभागी हुँदैहुनुहुन्छ । दाहाल नेतृत्वको टोली गएराति प्रस्थान गरेको हो । प्रधानमन्त्री दाहालले मंसीर १६ गते शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। सम्मेलनका क्रममा उहाँले द्वीपक्षीय भेट वार्ताहरु पनि गर्नुहुने छ ।प्रधानमन्त्री दाहाल मंसिर १७ गते स्वदेश फर्किने तालिका छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img