झापा ।
झापामा हात्तीले कुल्चिदा एक जनाको ज्यान गएको छ । जिल्लाको हल्दिबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनमा कार्यरत चौकीदार धनबहादुर बमको जंगली हात्तीले कुल्चर मृत्यु भएको हो ।
सामुदायिक वनको रेखदेखका लागि जंगलमा रहेका ४० वर्षीय वमलाई शुक्रबार बिहान ९ बजेतिर एक्लै भएको अवस्थामा जङ्गली हात्तीले लछारपछार पारी खुट्टाले कुल्चिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो । हात्तीको आक्रमणमा परी चौकीदार वनको घटनास्थलमै मृत्यु भएको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??