एजेन्सी ।
सन् २०२३ मा विकिपिडियामा सर्वाधिक हेरिएका पेजहरूको सूची सार्वजनिक गरिएको छ । यसले मानिसहरूको चासो आर्टिफिसियल इन्टिलिजेन्स र मृत्यु भएका मानिसहरूमा बढी रहेको र वेबसाइटको ट्रेन्डमा भारतीय प्रयोगकर्ताहरूको बढ्दो प्रभावलाई देखाएको छ ।
विकिमिडिया फाउन्डेसनले सञ्चालन गरेको विकिपिडिया सन् २०२३ मा हालसम्म ८४ अर्ब प्रयोगकर्ताले हेरेका छन् । यसमा ओपन एआईले निर्माण गरेको भर्चुअल च्याटबट च्याटजिपीटीबारेको पेज सबैभन्दा बढी हेरिएको थियो । ४.९४ करोड प्रयोगकर्ताहरूले यो पेज हेरेका छन् ।
यो सूचीको शीर्ष पाँच स्थानमा सन् २०२३ मा मृत्यु भएका व्यक्तिहरूको जीवनी, २०२३ विश्वकप क्रिकेट, इन्डियन प्रिमियर लिग र चलचित्र ओपनहाइमर रहेका छन् । क्रिकेट सम्बन्धी पेज विकिपिडियाको शीर्ष २५ को सूचीमा समावेश गरिएको यो पटक हो । सन् २०१५ देखि विकिपिडियाले हरेक वर्ष यो सूची प्रकाशित गर्दै आइरहेको छ ।
यस सूचीमा भारतीय चलचित्र जवान र पठान पनि परेका छन् । त्यस्तै हलिउड चलचित्र बार्बी र अवतार ः द वे अफ वाटर पनि यो सूचीमा समावेश भएका छन् । चलचित्र ओपनहाइमरले २.८ करोड पेज भ्यूज पाउँदा जे. रोबर्ट ओपनहाइमरबारेको पेजले २.५६ करोड पेज भ्युज पाएको थियो । बार्बी चलचित्र बारेको पेजलाई १.८ करोड पटक हेरिएको थियो ।
यो सूचीमा टेलर स्वीफ्ट, इलोन मस्क, क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी जस्ता व्यक्तित्व बारेको पेज पनि रहेका छन् । त्यस्तै, रुस युक्रेन युद्धबारेको पेज पनि शीर्ष २५ को सूचीमा परेका छन् । विवादास्पद इन्फ्लुएन्सर एन्ड्रयू टेट पनि यो सूचीको अन्तिममा समावेश भएका छन् ।