spot_img
spot_img
spot_img

२०८० मङ्सिर २१ बिहिवार को राशिफल

spot_img

 

मेष:  आजको दिनमा  राजनीति  क्षेत्रको  कामबाट फाईदा मिल्न सक्ने देखिन्छ । रोजगारीको लागि  राम्रो अवसर प्राप्त हुनसक्छ  । परीक्षार्थीहरुको लागि  राम्रो नतिजा  आउँने  समय रहेको छ  । 

 

बृष : मनोरञ्जनमा समय बित्नेछ । प्रेमी प्रेमीकाको भेटघाट हुने अवसर मिल्नेछ ।  परोपकार  र  सामाजिक उन्नतीको  कार्यमा मन  जाने छ ।

 

मिथुन:  समय  सोचे  अनुरप  नहुदा  मन निराश बन्नेछ  । नजिकको मान्छेबाट  धोका हुन सक्छ आफ्ना योजनाहरुलाई गोप्य राख्दा नै बढि  फाइदा  मिल्नेछ । कामको क्षेत्रमा सफलता  पाउँनका  लागि  बढि मेहनत गर्नुपर्ने देखिन्छ ।

 

कर्कट :  संचारकर्मी एवम बक्ताका  लागि आजको दिन  बिशेष  शुभ  देखिन्छ । लामो समय देखि गरेको कर्ममा राम्रो नतिजा   आउँन सक्छ  ।  विपरित लिङ्गिमा  आकर्षण  बढ्न  सक्छ । आम्दानीको  नयाँ  स्रोत  प्राप्त हुने  समय रहेको छ । 

 

सिंह  : लामो समयसम्म रोकिएको  बन्द ब्यपार एवम जीवनशैली  सहज  हुनेछ । धार्मिक  कार्यमा मन जानेछ । आफन्तको सत्कारमा समय बित्ने  हुदा  मन  खुशी  हुनेछ  ।

 

कन्या  : व्यक्तित्वमा निखार आउँदा  छिट्टो  अरुको मन  जित्न  सकिनेछ । मान प्रतिष्ठामा वृद्धि हुनेछ ।  वैदेशिक  क्षेत्रमा नयाँ कामको थालनी होला । यात्रा गर्नको लागि  समय  राम्रो देखिन्छ ।

 

तुला :समय अनुकुल  नहुनसक्छ  अल्लि  धैर्य  गरेर अगाडी बढ्दा  राम्रो  हुने  हो । काम बिगार्ने पक्ष सक्रिय रहनेछन्, सजक रहनु होला । मनमा नराम्रो सोच आउँनसक्छ । अध्यन तथा काममा रुचि घट्नेछ ।

 

बृश्चिक :वैदेशिक क्षेत्रको कामबाट सफलता मिल्ने  समय  रहेको छ । सुन्दर उपहारहरु हात पर्न सक्छ । कानुनी झमेलाहरु  समाप्त  हुदा  मन  खुशी हुनेछ । आजको दिनमा   नयाँ  योजना बनाएको काममा अगाडी बढ्दा  सफलता मिल्न  सहज हुनेछ । 

 

धनु :लामो समय देखि  प्रयासरत काम बन्नेछ । अचानक विशिष्ट ब्यक्ति संग  भेट हुदा  मन  प्रशन्न रहनेछ । अधुरा काम अगाडी बढाउनका लागि  आजको  दिन  शुभ देखिन्छ । आफ्नो कामको चर्चा र सम्मानले दिन शुभ तुल्याउने छ।

 

मकर: धार्मिक क्षेत्रको  यात्राहरु  गर्नका लागि  राम्रो  देखिन्छ । पारिवारिक  भेटघाटका समय बित्नेछ । भाग्यले साथ दिने हुदा नसोचेको   धन प्राप्त  हुनसक्छ । 

 

कुम्भ : अविश्वासका कारण सम्बन्धमा दुरी बढ्दै जान सक्छ आफ्नो  सम्बन्धमा वफदार  रहनु  होला  ।  आर्थिक समस्याले सताउँन सक्छ  फजुल खर्चमा   कटौती  गर्नु  होला । स्वास्थ्यमा  केही समस्या देखिन सक्छ  विशेष  ध्यान  दिनु पर्नेछ  ।

 

मीन  :  आजको  दिन शुभ देखिन्छ । प्रियजनको साथले गर्दा आटेको काममा  सफलता  मिल्नेछ । घरमा बहुमूल्य सामानको खरिद   हुने समय रहेको  छ ।  कामको क्षेत्रमा स्तरउन्नती हुनसक्छ ।

 

नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img