spot_img
spot_img
spot_img

‘ब्रह्मास्त्र पार्ट–२’ मा रणवीरको इन्ट्री

spot_img

एजेन्सी ।

रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र पार्ट–१’ गत वर्ष ९ सेप्टेम्बरमा रिलिज भएको थियो । फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । अयान मुखर्जीको यो फिल्ममा शाहरुख खान, दीपिका पादुकोण, मौनी रोय पनि देखिएका थिए । यो फिल्म रिलिज भएदेखि नै दर्शकको मनमा ‘ब्रह्मास्त्र पार्ट–२’ लाई लिएर उत्साह छ ।

अब यो फिल्ममा रणवीर सिंह ‘देव’ को भूमिकामा देखिने खबर बाहिरिएको छ । ‘देव’ फिल्ममा रणवीर कपूरको बुबा हुनेछन्। ब्रह्मास्त्र पार्ट–१ शिवा’ रिलिज भएदेखि नै यस फिल्मको पार्ट–२ को चर्चा थियो । फिल्ममा ‘देव’ को भूमिकाका लागि शाहरुख खान र ऋतिक रोशनको नाम पनि सार्वजनिक गरिएको थियो ।

मात्र होइन, रणवीर कपुरको दोहोरो भूमिकाको पनि चर्चा भइरहेको थियो । तर, हालै रणवीर सिंहलाई यो भूमिकाको लागि तय गरिएको छ ।

अहिले निर्माता ‘ब्रह्मास्त्र पार्ट–२’ को स्क्रिप्टमा व्यस्त छन् । फिल्मको छायाङ्कन सन् २०२५ मा सुरु हुने बताइएको छ ।

रणवीर सिंह डन फ्रेन्चाइजको फिल्म ‘डन ३’ मा देखिनेछन् । फरहान अख्तरको निर्देशनमा बन्ने यो फिल्म २०२५ मा रिलिज हुनेछ ।

यसबाहेक रणवीर सञ्जय लीला भन्सालीको फिल्म ‘बैजु बावरा’ मा पनि देखिनेछन् । यस फिल्ममा रणवीरसँग आलिया भट्ट पनि देखिनेछिन् ।

दीपिका ‘ब्रह्मास्त्र पार्ट १’ मा अमृताको भूमिकामा देखिएकी थिइन् । फिल्ममा अमृता ‘शिव’की आमा थिइन्। अब फिल्ममा रणवीर सिंहको प्रवेश पनि पक्का भएको छ ।

चाखलाग्दो कुरा के छ भने यो पहिलो पटक हो जब बलिउडका दुई अफ-स्क्रिन कपल रणवीर कपुर र आलिया भट्ट, रणवीर सिंह र दीपिका पादुकोण एउटै फिल्ममा सँगै देखिनेछन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img