spot_img
spot_img
spot_img

बाइक चोरी भएपछि सामाजिक सञ्जालमा भावुक पोस्ट, चोरले फिर्ता गरिदियो बाइक!

spot_img

काठमाडौं ।

मोटरसाइकल चोरीका घटना धेरै सुनिन्छ र चोरिएका बाइक भेटिएका घटना पनि कहिलेकाहीँ प्रकाशमा आउँछन् । तर बाइक चोरी भएपछि सामाजिक सञ्जालमा सम्बन्धित बाइकधनीले लेखेको स्टाटस पढेरै चोरले बाइक फिर्ता गरेको घटना भने अनौठो नै मान्नुपर्छ।

भारतको सूरत सहरस्थित मोटा वराछा क्षेत्रमा परेश भाइ पटेल नाम गरेका एक जना व्यवसायीको बाइक चोरी भयो । उनी आफ्नो कार्यालय भवनको पार्किङमा बाइक राखेर गएका थिए तर कार्यालयबाट फर्कँदा उनको बाइक चोरी भइसकेको थियो ।

बाइक चोरी भएपछि उनले सामाजिक सञ्जालमा एउटा पोस्ट लेखे । उनले लेखेका थिए, ‘श्रीमान् सज्जन चोर ! तपाईँले मेरो बाइक त लैजानुभयो तर चाबी र आरसी (रजिस्ट्रेसन सर्टिफिकेट) बुक बिना बाइक चलाउन तपाईंलाई समस्या हुन्छ । त्यसैले बाइकको चाबी र आरसी बुक मैले पार्किङ मै जेनेरेटरको माथि कुनामा राखिदिएको छु, त्यो लैजानु होला । तपाईं मेरो चिन्ता नगर्नु, म साइकलबाटै गुजारा चलाउँछु ।’ उनको यो पोस्ट भाइरल बन्यो र चोरले दुई दिनमै (११ डिसेम्बरका दिन) बाइक जहाँबाट चोरिएको हो, त्यही ठाउँमा ल्याएर राखिदिए ।

त्यसो त, परेश भाइले बाइक चोरी भएकोबारे प्रहरी कार्यालयमा पनि उजुरी गरेका थिए । तर ‘सज्जन चोर’ले बाइक फिर्ता गरिदिएपछि उनले प्रहरी कार्यालयमा गएर उजुरी पनि फिर्ता लिएका छन् । भारतीय न्यूज च्यानल ‘आजतक’सँग कुरा गर्दै उनले चोरको इमानदारितालाई मध्यनजर गर्दै आफूले उजुरी फिर्ता लिएको बताए ।

एजेन्सी ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img