मेष : प्रिय मान्छेसँगको दुरी घट्दै जानेछ । मनोरञ्जन गरेर दिन बित्न सक्छ । बौद्धिक क्षेत्रसँग सम्बन्धित काम गर्दा बढि सफलता मिल्ने । महत्वपूर्ण निर्णय गर्नका लागि आजको दिन शुभ देखिन्छ ।
वृष : नयाँ स्थान भ्रमण गर्ने अवसर प्राप्त होला । पारिवारिक समस्याहरु समाधान हुँदै जानेछन । बोलिको प्रभाव बढ्दै जाने हुदा रोकिएको कामहरु पनि बन्ने समय रहेको छ ।
मिथुन : बिग्रीएको सम्बन्धमा पनि राम्रो प्रशंशा मिल्नेछ । स्वास्थ्यमा सुधार आउँने हुदा शरिरमा फूर्ति बढ्दै जानेछ । पारिवारका राम्रो वातावरण हुँदा मनप्रशन्न रहने छ।
कर्कट: वैदेशिक तथा सरकारी क्षेत्रमा सफलता मिल्न सक्छ । थालनी गरेको काम समापानका लागि मार्ग प्रशस्त हुनेछ । नयाँ ब्यक्तीसंगको भेटघाट आनन्दमय हुनेछ ।
सिंह : हतारमा गरिने निर्णयले गलत प्रतिफल आउँन सक्छ अरुको सल्लाह लिएर अगाडी बढ्दा फाईदा मिल्नेछ । आजको दिनमा थालनी गरेको काम सफल हुनलाई ढिला हुनसक्छ बढि मेहनतका साथ अगाडी बढ्नु होला ।
कन्या : केही खबरले मन अत्तालिन सक्छ। दिन को मध्य पछि केही अशुभ खबर सुन्न पर्न सक्छ। । स्वास्थ्यमा बिशेष ख्याल गर्नु होला । ऋण वा सापटी नदिएको उत्तम हुनेछ पछि धोका हुन सक्छ।
तुला : नसोचेको ठाँउबाट धन तथा उपहार आउँन सक्छ । साथीभाईको साथले गर्दा लाभ हुनेछ । समयको अभावले दिनको अन्त्यमा बन्न लागेको काम पनि बिग्रीन सक्छ त्यसैले काम गर्दा समयलाई ध्यान दिनुहोला ।स्वास्थ्यमा निकै सुधार आउँने छ ।
बृश्चिक : नयाँ कुरा सिक्ने मौका मिल्ने छ । मित्रजन तथा भाइ बन्धुको सहयोग प्राप्त हुदा शत्रु पराजित हुनेछन । वैदेशिक यात्राको लागि योग शुभ रहेको छ। तपाईको सल्लाह को बिशेष कदर हुनेछ ।
धनु : आफ्नो अनौठो वा अलौकिक प्रतिभाको कारणले गर्दा मानसम्मान मिल्ने छ । काम को हतास हुदा निकै कसरत हुन सक्छ । भोजनमा ध्यान दिनु होला अनुचित भोजनले घाटीमा समस्या ल्याउन सक्छ । पारिवारिक सम्बन्धमा सुधार होला ।
मकर : नगरेको गल्तीको भागी बन्नुपर्ला । कसैको खबर अरुलाई दिदा उल्टो अर्थ लाग्न सक्छ। दिनको अन्त्यमा मिष्ठान्न भोजन प्राप्त हुनेछ।संयम भएर आफ्नो कार्य गरे धेरै राम्रो हुनेछ।
कुम्भ: धन खर्च बढ्ने योग छ । वैदेशिक काममा झमेला आउँन सक्छ अरुको सल्लाह लिदा उपयुक्त होला ।आर्थिक कारोबार गर्दा ११ बजे पछाडी को समय राम्रो देखिदैन। साझको समयमा यात्राको योग बन्नेछ।
मीन : अरुले गर्दिएको कामबाट पनि फाईदा मिल्नेछ । जग्गा जमिन , वाहान एवम लगानीका लागि उचित समय रहेको छ।बित्तीय कारोबारमा मुनाफा मिल्ने छ । मध्यस्थतकर्ता को भूमिका खेल्नु पर्ने हुनसक्छ।
नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।