मणिपुर ।
मणिपुरमा मारिएका कुकी–जो जनजातिका शवहरु शुक्रबार कांगपोकपी जिल्लामा सामूहिक दाहसंस्कार गरिने भएको छ। दाहसंस्कार कार्यक्रम स्थानीय समयअनुसार बिहान ११ बजे सुरु हुनेछ। राज्यमा भएको हिंसाको विरोधमा शुक्रबार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म सम्पूर्ण काङपोकपी जिल्लामा १२ घण्टा बन्दको आह्वान गरिएको छ । सदर पहाडको आदिवासी एकता समिति (कोटु)ले यस जिल्लाका सबै कुकी-जोवासीलाई शुक्रबार ‘शोक दिवस’ मनाउन र घर–घरमा कालो झण्डा फहराउन निर्देशन दिएको छ ।
बीबीसीलाई प्राप्त जानकारीका अनुसार २३ वटा शव काङपोकपी जिल्लाको फैजाङ गाउँमा गाडिनेछ । समाचारका अनुसार शव सामूहिक दाहसंस्कार कार्यक्रमको नारा ‘हाम्रो भोलिका लागि आज आफ्नो बलिदान गर’ राखिएको छ । मणिपुरमा गत मे ३ मा भएको व्यापक हिंसाको झण्डै आठ महिनापछि बिहीबार बिहान राजधानी इम्फालबाट २३ जनाको शव काङपोकपी पठाइएको थियो ।
भारतीय वायुसेनाको हेलिकप्टरबाट पठाइएका ती शवमध्ये १९ शव कुकी–जोका छन् । सनाखत हुन नसकेको चार शव पनि छन् ।