मुम्बई ।
फिल्म एनिमलले रिलिजको १५ औँ दिन विश्वभर बक्स अफिसमा १३ करोड १५ लाख रुपैयाँ कमाएको छ । फिल्मको कुल कमाई ७९७ करोड पुगेको छ । चलचित्र अहिले तेस्रो हप्तामा प्रवेश गरेको छ । शुक्रबार भारतमा ८ करोड २ लाख रुपैयाँ कमाएको छ । योसँगै यसको देशभरबाट कुल आम्दानी ४८४.८६ करोड पुगेको छ ।
विश्वभरि सबैभन्दा धेरै कमाउने शीर्ष १० हिन्दी फिल्महरू
- दंगल – १८६८.०३ करोड
- जवान – ११४८.३२ करोड
- पठान – १०५०.३ करोड
- बजरंगी भाईजान – ८१८.१८ करोड
- सीक्रेट सुपरस्टार- ८७५.७८ करोड
- एनिमल- ७९७.६ करोड*
- पीके- ७६९.८९ करोड
- गदर- २- ६९१.०८
- सुल्तान- ६१४.४९
- सञ्जु- ५८६.८५
फिल्मले भारतीय बक्स अफिसमा पहिलो हप्तामा ३३७.५८ करोड कमाएको थियो । यसपछि दोस्रो हप्तामा १३८.२६ करोड रुपैयाँ संकलन गर्यो ।
घरेलु बक्स अफिस रेकर्डको कुरा गर्ने हो भने एनिमल हाल ४८४.८६ करोड भारुको साथ चौथो स्थानमा छ। सूचीको तेस्रो स्थानमा सन्नी देओलको ‘गदर–२’ छ जसले ५२५.४५ करोड कमाएको छ । गदर–२ को कीर्तिमान तोड्न घरेलु बीओमा ४० करोड ५८ लाख रुपैयाँ बढी आम्दानी गर्नुपर्नेछ ।
उता विक्की कौशलको फिल्म ‘साम बहादुर’ ले १५ दिनमा भारतमा ६६ करोड ८५ लाखको कलेक्सन गरेको छ । तेस्रो शुक्रबार फिल्मले २ करोड २५ लाख कमायो ।
सामले आफ्नो पहिलो सप्ताहन्तमा ३८.८ करोड र दोस्रो सप्ताहन्तमा २५.८ करोड कमाएको छ । यो फिल्मले अहिलेसम्म विश्वभर ८३.५ करोड कमाइसकेको छ