spot_img
spot_img
spot_img

एनआरएनए कतारको १०औँ राष्ट्रीय अधिवेशन तथा विशेष रचना वाचन कार्यक्रम सम्पन्न

spot_img

एनआरएनए कतारको १० औँ राष्ट्रीय अधिवेशन तथा बिशेष रचना वाचन भब्यताका साथ सम्पन्न भएको छ। शुक्रवारका याडिसन ब्लु होटलमा भएको महाधिवेशनले सुनिल घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व समेत निर्वाचित गरेको छ।

कार्यक्रम एनआरएनए कतारका अध्यक्ष सुरेश भट्टको अध्यक्षता, एनआरएनए एनसीसी कतारको उक्त महाधिवेशन नेपाली राजदूतावास कतारका कुटनीतिक नियोगका उपप्रमुख कृष्ण कुमार सुबेदीको प्रमुख आतिथ्यता र गैरआवासीय नेपाली संघका उपाध्यक्ष द्वय उमेश पुडासैनी, थर्क बहादुर सेन र सल्लाहकार धरम केसीको क्रमशःविषेश आतिथ्यतामा सम्पन्न भएको हो।

सोहि अवसरमा बोल्दै भट्टले नव निर्वाचित अध्यक्ष सुनिल घिमिरे र कार्यसमितिलाइ सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गर्नुभएको थियो।

एनआरएनए एनसीसी कतारको बरिष्ठ उपाध्यक्ष कल्याण थापा, बरिष्ठ उपाध्यक्ष मन्जु खनाल, उपाध्यक्ष सुर्य नारायण सापकोटा, उपाध्यक्ष सोम नाथ कडेल, महासचिब ध्रुब राज अधिकारी, सचिव पुष्प कोइराला, सचिव अरबिन्द चौधरी, सचिव अंकित श्रेष्ठ, कोषाध्यक्ष अजय श्रेष्ठ (कान्छा), सह कोषाध्क्ष जागिर आलम निर्वाचित भएका छन् । त्यस्तै युवा संयोजकमा प्रेम नेपाल (म्याक्स) र सदस्यहरुमा रिता पोखरेल, सुस्मिता कोइराला, जयशंकर शाह र याम न्यौपाने चयन भएका हुन् ।

पदाधिकारी सहितको पुर्ण कार्यसमिति २५ सदस्य हुनेगरी भएपनि बाँकी रहेका रिक्त पदमा निर्वाचित कार्यसमितिको बैठकले मनोनीत गर्ने गरी निर्वाचन समितिले अधिकार प्रत्यायोजन गरेको छ।

सम्पन्न अधिवेसन तथा बिशेष रचना वाचनको सु-अवसरमा प्रवासमा रहेर नेपाली साहित्यको बिकाश र उत्त्थानका निम्ती योग्दान पुर्याउने सर्जक प्रेम प्रसाद भट्टराइलाई एन आर एन ए साहित्य पुरस्कार कतार २०२३ बाट पुरस्कृत गरिएको छ ।

विभिन्न क्षेत्रबाट सस्थाको विकाश र नेपाली श्रमिक हरुको हक हित र उत्थानमा योग्दान पुर्याएकोमा विभिन्न सामाजिक व्याक्तित्व्हरुलाई पनि सम्म्मन गरिएको थियो।
रचना वाचन कार्यक्रमका सर्जक हरुलाई पारिश्रमिक समेत प्रदान गरिएको र यस्तो खाल्को प्रय्यास्ले साहित्य सर्जक्लाई प्रोत्सहान मिल्ने साहित्य बिभाग प्रमुख रुप रसाइलिले जान्कारी दिनुभयो ।

साहित्य वाचनमा गजलकार शेखर बस्नेत, मुक्तक कार सुजाता डिसी र कार्यक्रमको समिक्षा अग्रज साहित्यकार बिनोद खड्काले गर्नु भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img