spot_img
spot_img
spot_img

देवदहमा मावि तथा आधारभूत तह स्तरीय हस्तलेखन, निबन्ध र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

spot_img

रुपन्देही ।

सिकाइ निरन्तर प्रक्रिया भएकाले विद्यार्थीले मात्र नभएर अभिभावक र शिक्षकहरुले पनि निरन्तर सिक्दै र सिकाउँदै जानुपर्ने देवदह नगरपालिकाका नगर शिक्षा अधिकारी टिकाराम शर्माले बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन) देवदह द्वारा आयोजित मावि तथा आधारभूत तह स्तरीय हाजिरीजवाफ र निबन्ध लेखन प्रतियोगिता र आधारभूत तह स्तरीय हस्तलेखन प्रतियोगितालाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

विद्यार्थीहरुले अवसर पाउने हो भने हरेक खालको प्रतिस्पर्धामा अब्बल बन्न सक्ने क्षमताको बिकास हुँदै जाने र त्यसका लागि उनीहरुलाई उचित अवसर प्रदान गर्नुपर्ने उहाँले बताउनुभयो । बार्षिक क्यालेण्डरमा उल्लेख भएका विविध कार्यक्रमहरुको आयोजना गरी प्याब्सनले विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै देवदह नगरपालिकाका प्रवक्ता तथा वडा नं.५ का वडाध्यक्ष गणेश डुम्रेले यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनुपर्नेमा जोड दिनुभयो । प्याब्सन देवदहका प्रमुख सल्लाहकार बोधराज गौडेलले विद्यार्थीहरुको चौतर्फी बिकासका लागि राज्यले कुनै भेदभाव नगरी लगानी गर्नुपर्ने बताउनुभयो ।

आधारभूत तहको हस्तलेखन प्रतियोगितामा देवदह बुद्ध पब्लिक प्रथम, सेभेन स्टार ई.बो.स्कुल द्वितीय, ग्रीन प्लान्ट आवासीय मा.वि.तृतीय र मदरल्याण्ड एकेडेमी सान्त्वना भएका छन् । त्यसैगरी आधारभूत तहको निबन्ध लेखन प्रतियोगितामा देवदह बुद्ध पब्लिक प्रथम, सेभेन स्टार ई.बो.स्कुल द्वितीय, एसियन लाईट ई.बो.स्कुल तृतीय र देवदह मदर ट¨स एकेडेमी सान्त्वना भएका छन् । त्यसैगरी मा.वि. तहको निबन्ध लेखन प्रतियोगितामा देवदह बुद्ध पब्लिक प्रथम, सेभेन स्टार ई.बो.स्कुल द्वितीय, एसियन लाईट ई.बो.स्कुल तृतीय र मदरल्याण्ड एकेडेमी सान्त्वना भएका छन् ।

त्यसैगरी आधारभूत तहको हाजिरीजवाफ प्रतियोगितामा देवदह बुद्ध पब्लिक प्रथम, ग्रिन प्लान्ट आवासीय मा.वि द्वितीय, देवदह मदर ट¨स एकेडेमी तृतीय र मदरल्याण्ड एकेडेमी सान्त्वना भएका छन् । त्यसैगरी मा.वि. तहको हाजिरीजवाफ प्रतियोगितामा ग्रीन प्लान्ट आवासीय मा.वि. प्रथम, देवदह बुद्ध पब्लिक द्वितीय, एसियन लाईट ई.बो.स्कुल तृतीय र देवदह मदर ट¨स एकेडेमी सान्त्वना भएका छन् । कार्यक्रममा प्याब्सन देवदहका सल्लाहकार महेश पराजुली, नगर शिक्षा समिति सदस्य चक्रपाणी तिवारी, देवदह बुद्ध पब्लिक स्कुलका विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयकिसन अधिकारी लगायतले आ आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रम रामबहादुर गुरु¨को अध्यक्षता, टिकाराम चापागाईको स्वागत र सचिव कृष्णप्रसाद गैरेको सञ्चालन तथा प्रेमनारायण केवटको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
3
माया
1
खुसी
1
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
5

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img